कृषि सामग्रीबाट करिब ३७ करोड मूल्य बराबरको मलखाद वितरण



प्रकाशित मिति : Oct 15, 2020
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा), २९ असोज । कृषि सामग्री कम्पनी लि. प्रादेशिक कार्यालय वीरगन्जले आ.व. २०७६/७७ को साउनदेखि असार मसान्तसम्म रु ३६ करोड ९६ लाख ७ हजार ८ सय ६० रुपैया बराबरको १४ हजार ८ सय ५९ दशमलव ४५ मेट्रिक टन मलखाद बिक्री-वितरण गरेको छ ।

कम्पनीले दिएको जानकारीअनुसार युरिया ९ हजार २ सय दशमलव ४५० मेट्रिक टन, डिएपी ५ हजार ४ सय ४७ दशमलव ३५० मेट्रिक टन तथा पोटास २ सय ११ दशमलव ६५० मेट्रिक टन विक्री वितरण गरेको छ । पर्सा जिल्लाको १४ वटा स्थानीय तहमा रहेका ९९ वटा कृषि सहकारी सँस्थाहरु मार्फत उक्त मलखाद विक्री वितरण गरिएको कार्यालयका प्रवन्धक गोखनाथ केसीले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगन्ज महानगरपालिकामा रहेका २७ वटा कृषि सहकारी मार्फत रु ८ करोड ४५ लाख ५५ हजार २ सय ५० रुपैया बराबरको युरिया २ हजार १ सय ६० दशमलव ६०० मेट्रिक टन, डिएपी १ हजार २ सय २४ दशमलव ६० मेट्रिक टन तथा पोटास ५३ दशमलव १५ मेट्रिक टन विक्री वितरण गरिएको छ भने धोबिनी गाउँपालिकामा रहेका ४ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु १ करोड ३७ लाख ५३ हजार ४ सय बराबरको युरिया ३ सय १६ दशमलव ०५० मेट्रिक टन, डिएपी २ सय ४ दशमलव १५० मेट्रिक टन तथा पोटास १७ दशमलव ७५० मेट्रिक टन विक्री वितरण गरिएको बताए ।

यसैगरी पर्सागढी नगरपालिकामा रहेका १० वटा सहकारी सँस्थाहरु मार्फत रु ३ करोड ९२ लाख १ हजार ४ सय बराबरको युरिया १ हजार १६ दशमलव ९५० मेट्रिक टन, डिएपी ५ सय ६१ दशमलव ६०० मेट्रिक टन तथा पोटास २६ दशमलव ३०० मेट्रिक टन विक्री गरेको छ भने पोखरीया नगरपालिकामा रहेको ८ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु ३ करोड ५८ लाख १५ हजार १ सय बराबरको युरिया ८ सय २३ दशमलव ६५० मेट्रिक टन, डिएपी ५ सय ४६ मेट्रिक टन तथा पोटास २६ मेट्रिक टन विक्री वितरण गरेको छ ।

त्यसैगरी बहुदरमाई नगरपालिकामा रहेका ११ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु ३ करोड ६८ लाख ४२ हजार २ सय बराबरको युरिया ९ सय २० दशमलव ६०० मेट्रिक टन, डिएपी ५ सय ४५ दशमलव ३५० मेट्रिक टन तथा पोटास १६ दशमलव २५० मेट्रिक टन विक्री वितरण गरेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा रहेको १५ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु ५ करोड ७३ लाख ७१ हजार ३ सय १० रुपैया बराबरको युरिया १ हजार ४ सय १५ दशमलव ८५० मेट्रिक टन, डिएपी ८ सय ५५ दशमलव १५० मेट्रिक टन तथा पोटास २५ मेट्रिक टन विक्री गरेको छ ।

त्यसरी नै जगरनाथपुर गाउँपालिकामा रहेका ५ वटा कृषि सहकारी सँस्थाहरु मार्फत रु २ करोड ५ लाख ५ हजार १ यस ५० बराबरको युरिया ५ सय ५१ दशमलव ५०० मेट्रिक टन, डिएपी २ सय ९४ दशमलव ३ सय मेट्रिक टन तथा पोटास ६ दशमलव ७५० मेट्रिक टन विक्री गरेको छ भने ठोरी गाउँपालिकामा रहेका १ वटा सहकारी सँस्था मार्फत रु ३८ लाख ५ हजार ४ सय बराबरको युरिया ८३ दशमलव ०५० मेट्रिक टन, डिएपी ५९ दशमलव ८०० मेट्रिक टन तथा पोटास २ दशमलव ३०० मेट्रिक टन विक्री वितरण गरिएको छ ।

पटेर्वासुगौली गाउँपालिकामा ४ वटा सहकारी सँस्थाहरु मार्फत रु २ करोड १२ लाख ९५ हजार ३ सय बराबरको युरिया ५ सय ७६ दशमलव ७०० मेट्रिक टन, डिएपी ३ सय २ दशमलव २५० मेट्रिक टन तथा पोटास ७ दशमलव २५० मेट्रिक टन विक्री वितरण गरेको छ भने पकहामैनपुर गाउँपालिकामा ३ वटा सहकारी सँस्थाहरु मार्फत रु १ करोड ७ लाख ३ सय बराबरको युरिया २ सय ४९ दशमलव ७५० मेट्रिक टन, डिएपी १ सय ५८ दशमलव ०५० मेट्रिक टन तथा पोटास १३ दशमलव १५० मेट्रिक टन विक्री वितरण गरेको छ ।

छिपहरमाई गाउँपालिकामा २ वटा सहकारी सँस्था मार्फत रु ५३ लाख ५२ हजार ६ सय ५० बरबारको युरिया १ सय ८ दशमलव ४५० मेट्रिक टन, डिएपी ८८ दशमलव ४५० मेट्रिक टन तथा पोटास १ मेट्रिक टन विक्री वितरण गरिएको छ भने जिराभवानी गाउँपालिकामा रहेका ५ वटा सहकारी सँस्थाहरु मार्फत रु २ करोड ३९ लाख ६४ हजार ८ सय ५० बराबरको युरिया ५ सय ८४ दशमलव ६०० मेट्रिक टन, डिएपी ३ सय ६१ दशमलव ४०० मेट्रिक टन तथा पोटास ७ दशमलव ७५० मेट्रिक टन विक्री वितरण गरिएको प्रवन्धक केसीले जानकारी दिए ।

त्यसैगरि विन्दवासिनी गाउँपालिकामा रहेका २ वटा सहकारी सँस्थाहरु मार्फत रु ९९ लाख ८५ हजार ८ सय बराबरको युरिया २ सय ६३ दशमलव ७०० मेट्रिक टन, डिएपी १ सय ४४ दशमलव ७५० मेट्रिक टन तथा पोटास २ दशमलव २५० मेट्रिक टन विक्री वितरण गरिएको छ भने कालिकामाई गाउँपालिकामा रहेका २ वटा सहकारी सँस्थाहरु मार्फत रु ६३ लाख ७९ हजार ७ सय ५० बराबरको युरिया १२९ मेट्रिक टन, डिएपी १ सय १ दशमलव ५०० मेट्रिक टन तथा पोटास ६ दशमलव ७५० मेट्रिक टन विक्री वितरण गरिएको केसीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com