सुनको भाउ स्थिर



प्रकाशित मिति : Oct 15, 2020

काठमाडौं, २९ असोज । बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो ।

मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com