सार्वजनिक सवारी साधनको सबै सीटमा यात्रु राख्न पाउने निर्णय आलोचित (भिडियो)



प्रकाशित मिति : Oct 13, 2020
  • प्रशान्त ठाकुर,

काठमाडौं, २७ असोज । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यता सरकारले भने सार्वजनिक गतिविधिहरुलाई एकपछि अर्को गर्दै खुकुलो बनाउदै गएको छ ।

सरकारले सार्वजनिक यातायातमा दुई सिटमै यात्रु राख्न पाउने निर्णय गरेपछि बढ्दो कोरोनाको जोखिम झनै चुलिने निश्चित देखिएको छ ।

असोज १ गते काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ५१ थियो । २७ दिनमा संक्रमितको संख्या दोब्बर भन्दा बढिले बढेर ३२ हजार ४९ पुग्यो ।

तर, सरकारले गरेको निर्णयहरुलाई हेर्दा कोरोना नियन्त्रणमा आइसकेको जस्तो आभास हुन्छ । सरकारले सार्वजनिक यातायातमा २ सिटमै यात्रु राख्न पाउने निर्णय गरेको छ ।

पहिले देखिनै सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारीरुपले पालना हुननसकेको अवस्थामा यो निर्णयले संक्रमण अझ तीव्र गतिमा फैलिने सम्भावना चुलिएको छ ।

सरकारको यो निर्णय अपरिपक्व भएको स्वयं सवारी चालकहरुको भनाइ छ । यता २ सिटमा यात्रु राख्दा जोखिम बढेको तर भाडा भन्ने बढिनै तिर्नुपरेको गुनासो यात्रुहरुको छ । ट्राफिक प्रहरीले भन्ने स्वास्थय सुरक्षाको मापदण्ड कडारुपले पालना गराउने दावी गरेको छ ।

सर्वसाधारण भने स्वास्थ्य मापदण्ड प्रभावकारी रुपले कार्यनवयन हुनेमा विस्वस्त छैनन् । वरु संक्रमण अझ तीव्र रुपले फैलिएर स्थिति झन भयावह हुनसक्ने चिन्ता सर्वसाधारणको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com