‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितिन्



प्रकाशित मिति : Oct 13, 2020

काठमाडौं, २७ असाेज ।  ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन् ।

लिम्बुले उपाधिको साथमा शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् । विजेताले लिम्बुले फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यसैगरी प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन्।प्रोभिन्सतर्फको उपाधिभने प्रोभिन्स ३ मा महिमा महतो, प्रेभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन्।

विभिन्न उपशीर्षकमा समेत बिजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्युटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात परे ।

एसईई उत्तीर्ण किशारकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म अनलाइन र १० दिनसम्म रेसिडेन्टियलरुपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com