२२ आश्विन २०७७, बिहीबार

काठमाडौं, २२ असोज । सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ ।यस वर्षको नोबेल पुरस्कार द स्विडिस एकेडेमीले सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी लुइसलाई दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको जनाइएको छ।

 

LIVE TV