२२ आश्विन २०७७, बिहीबार

एजेन्सी, २२ असोज । इरानको छिमेकी राष्ट्र अजरबैजान र आर्मिनियाबीचको लडाइ क्षेत्रीय युद्धमा परिणत हुनसक्ने जनाइएको छ ।इरानका राष्ट्रपति हसन रुहानीले अजरबैजान र आर्मिनियाबीचको लडाई क्षेत्रीय लडाइमा परिणत हुनसक्छ भन्दै आफूहरुसजग हुनुपर्ने बताएका छन् । उनले भने, ‘हामी यस क्षेत्रमा शान्तिपूर्ण ढंगले स्थायित्व पुनःस्थापना हुने आशा गर्दछौं।’

रुहानीले इरानमा गल्तीले पनि कुनै देशको क्षेप्यास्त्र खस्यो भने त्यो अस्वीकार्य हुने जनाएका छन्। उनको प्राथमिकता युद्ध नहोस भन्ने रहेको उनले बताएका छन् । उनले आफ्नो गाउँ र शहर जोगाउनु महत्वपूर्ण रहेकोमा जोड दिएका छन् ।

रुहानीले आफ्ना सेनाले सीमामा दुवै देशको गतिविधिलाई हेरिरहेको पनि बताएका छन् ।

LIVE TV