२१ आश्विन २०७७, बुधबार
  • बासु श्रेष्ठ

धादिङ, २१ असोज । धादिङ्ग जिल्ला गजुरी गाउँपालिका वडा नं ६ आदमघाटबाट २० केजी ८ सय ग्राम चरेस सहित एक जना युवक पक्राउ परेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताएका छन् ।

असोज २० गते करिब ३ बजे बिशेष सुचनाको आधारमा लागू औषध चरेस सहित मानिस पक्राउ गर्न सफल भएको नायब उपरीक्षक बिश्व राज खड्काले पत्रकार समेलनमा बताए ।

पक्राउ पर्नेमा धादिङ्ग जिल्ला खनियाबास गाउँपालिका वडा नं २ तर्ची बस्ने बर्ष ३७ का रेशम बहादुर तामाङ रहेको र उनको साथबाट सामसुङ मोबाइल र रु ८ हजार नगद रकम रहेको प्रहरी नायब उपरीक्षक खड्काले पत्रकार सम्मेलनमा बताए ।

लागुऔषध गिरोहले बिशेष गरि पृथ्वी राजमार्ग लक्षित गरि लागू औषध कारोबार गर्दै आएका छन् । बिगतमा पनि यश राजमार्गमा सयौं किलो चरेश प्रहरीले बरामद गरेको छ । तर लामो समय पछि फेरि लागू औषध चरेश सहित मानिस पक्राउ गर्न प्रहरी सफल भएको छ ।

बिशेष गरि धादिङ्गको पृथ्वी राजमार्गबाट दक्षिण भेगमा पर्ने पहाडी लेक साइडमा गाजा लगायत चरेस उत्पादन हुँदै आएको छ । तर त्यस भेगमा बसो बाँस गर्ने मानिसहरुको प्रमुख आयस्रोत नै गाजा चरेस उत्पादन गर्ने हो । तर सम्बन्धित निकायको चासो र चिन्ता नहुदा अपराधिक क्रियाकलाप बड्दै गएको छ भने जोखिम मोलेर भए पनि लागुऔषध गाजाको खेती गरि रहेका छन् ।

सम्बन्धित निकाएले यश तर्फ चासो चिन्ता नगर्दा कति पय मानिस जेल जीवन भोग्न बाध्य छन् । करिब धादिङ्गमा १० जन देखि ३० जना सम्म बार्षिक लागुऔषध कारोबारमा जेल जीवन बिताई रहेका छन् । त्यसैले स्थानिय निकाय र आम्बन्धित निकायले यश तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

LIVE TV