२१ आश्विन २०७७, बुधबार

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै लकडान नगर्ने स्पष्ट पारेको छ । कोरोना संक्रमितको संख्या दिन दिनै तीव्र गतिमा बढिरेको बेला जनमानसमा फेरी देशब्यापी लकडाउन हुने हो की भन्ने आंका भइरसको बेला स्वास्थ्य मन्त्रालयले तत्काल लकडान नगर्ने जनाएको हो ।

यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो । साथै आज हालसम्मकै उच्च कोरोना संक्रमितको संख्या थपिएसँगै सक्रिय कोरोना संक्रमितको संक्रया २५ हजार नाघेको छ । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अस्पतालमा संक्रमितको उपचारका लागि बेड अभाव नहुन्जेलसम्मम लकडाउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमित हरुलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ ।’ साथै उहाँले यही अवस्थामा संक्रमितको संख्या बढे अस्पतालमा बेडको अभाव हुनसक्ने बताउनुभयो ।

LIVE TV