२१ आश्विन २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, २१ असोज । थप ४ जना कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएपछि दसैंअघि विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयको सबै सेवा बन्द गरिएको छ ।

एक जना अधिकृतलाई कोरोना पोजेटिभ देखिएपछि ३ दिनका लागि सेवा बन्द गरिएकोमा थप ४ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएकाले अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत नरेन्द्र पौडेलले जानकारी दिनुभयो ।कर्मचारीहरु आईसोलेशनमा बस्नुपर्ने भएपछि कर्मचारी अभाव भएकाले सेवा प्रदान गर्न नसकिने भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जनाएको छ ।कन्ट्याक्ट ट्रेसिङमा परेका १३ जना कर्मचारीहरुको स्वाब परीक्षणका लागि पठाइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा ५० जना कर्मचारीहरु रहेका छन् ।

 

LIVE TV