
- केदार शर्मा
चितवन, २१ असाेज । भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अस्पतालको कोभिड आईसियुमा उपचार गराईरहेका भरतपुर महानगरपालिका–१ का ९२ वर्षीय पुरुषको आज दिउँसो २ः१३ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
हिजो मात्रै श्वासप्रश्वास र खोकीको समस्या भइ ती वृद्ध अस्पताल भर्ना भएका थिए । ति बृद्धलाई दुई दिन अघि मात्रै कोरोना पुष्टि भएको थियो ।
योसँगै चितवनका मात्रै कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।