२१ आश्विन २०७७, बुधबार

काठमाडौं, २१ असोज । नेपाली काँग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरे बर्तमान कम्युनिष्ट सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ । नेपाली काँग्रेसले आज एक बिज्ञप्ति जारी गर्दैप्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीको स्वास्थ्यस्थिती जटिल बन्दै गएको जानकारी गराउदै कम्युनिष्ट भर्सेज लोकतन्त्रमा जित लोकतन्त्रकै हुनेछ बताएको छ ।

बिज्ञप्तिमा भनिएको छ- ‘वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । डा. के.सीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’

काँग्रेसका पालामा गोविन्द केसीसँग पूरा गरिएका मागहरु पनि कम्युनिष्ट सरकारले उल्ट्याइ दिएको बिज्ञप्तिमा भनिएको छ । ‘नेपाली कांग्रेसको पालामा डा.के.सी. अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए । सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए । तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुव्र्यवहार देखि, सत्ताको अहंकार सम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।’ – बित्रप्तिमा भनिएको छ ।

नेपाली काँग्रेसले शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ भन्दै प्रश्न नेपाली काँग्रेसले प्रश्न गरेको छ ।

डाक्टर गोविन्द केसी केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि उचित उपचारको व्यवस्था हुनुपर्ने, २०७५ साउन १० गतेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्ने, त्रिवि चिकित्साशासत्र अध्ययन संसथामा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउनुपर्ने जस्ता माग राख्दै १९ अनशनमा हुनुहुन्छ । उहाँले जुम्लाबाट १९ औं पटकको अनशन आरम्भ गर्नुभएको थियो । उहाँको अनशनको आज २४ औं दिन हो ।

 

बिज्ञप्ति

 

LIVE TV