२१ आश्विन २०७७, बुधबार

काठमाडौं, २१ असोज । कोरोना संक्रमणबाट ललितपुरको किष्ट अस्पतालमा एक बृद्धाको मृत्यु भएको छ । गत शनिबार अस्पताल भर्ना भएकी ६९ बर्षीया बृद्धको आज उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल भर्ना हुनुहघि नै उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा उच्च ज्वरोको साथै श्वास प्रश्वासमा समेत समस्या थियो । उनी काठमाडौं बालाजुकी स्थायी बासिन्दा रहेको बताइएको छ । पछिल्लो समय स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।

LIVE TV