२० आश्विन २०७७, मंगलवार
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४

काठमाडौं, २० असोज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा.केसी अलायन्स र चिकित्सकहरुले मंगलबार (आज) पनि काठमाडौंको भाट–भटेनी (नक्साल)मा प्रदर्शन गरेको हो । उनीहरुले अनसनरत डा.केसीको मागको यथाशीघ्र सम्बोधन गर्न दबाब स्वरुप प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘डा.केसी ब्यक्ति होइन, आवाज हुन्’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा.केसीको साथमा’, ‘खडक् ओली सरकार, सत्याग्रहीसँग वार्ता गर’, ‘सत्यको आग्रहलाई सम्मान गर, सत्याग्रहीको अवहेलना बन्द गर’लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

यसका साथै डा.केसीको जीवन रक्षाको माग गर्दै काठमाडौँसहित धरानका तीनवटा मेडिकल शिक्षण संस्थाका आवासीय चिकित्सकहरूले ‘ओपिडी सेवा’ बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । हाल डा.केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

LIVE TV