२० आश्विन २०७७, मंगलवार

एजेन्सी, २० असोज । सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।यस वर्षको भौतिक शास्त्रतर्फको प्रतिष्ठित पुरस्कार हात पार्ने वैज्ञानिकहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेज हुन्। उक्त पुरस्कारको रकम एक करोड क्रोनर रहेको जनाइएको छ।

यूकेमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए, भने गेन्जेल र गेजले हाम्रो आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए।

चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम सोमवार घोषणा भएको थियो।

 

LIVE TV