२० आश्विन २०७७, मंगलवार

काठमाडौं, २० असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जनाको मृत्यु भएसँगै संख्या ५ सय ६३ पुगेको हो ।

मृत्यु हुनेमा प्रदेश १ बाट दुई जना पुरुष, बागमती प्रदेशबाट ३ पुरुष र ३ महिला गरी ६ जना र गण्डकी प्रदेशमा १ जना महिलाको मृत्यु भएको छ ।

File Photo

प्रदेश १ को तेह्रथुमका ३१ वर्षीय पुरुष र सुनसरीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, वागमती प्रदेशको काठमाडौंकी ५९ र ६० वर्षीया महिला र लतिलपुरकी ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

ललितपुरकै ६१ वर्षीय, ७७ वर्षीय पुुरुषको मृत्यु भएको छ । यस्तै, चितवनका ७० वर्षीय पु्रुषको मृत्यु भएको छ । यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्वकी ७७ वर्षीया महिलाको मृत्यु भएको छ ।

LIVE TV