२० आश्विन २०७७, मंगलवार

काठमाडौं, २० असोज । मुलुकमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २ जना, उदयपुरमा ३ जना, खोटाङमा १ जना, झापामा ४ जना, धनकुटामा २ जना, मोरङमा २७ जना, ताप्लेजुङमा १ जना,र सुनसरीमा १९ जनामा पुष्टी भएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा १२ जना, पर्सामा २ जना, बारामा २ जना, महोत्तरीमा १५ जना, रौतहटमा ६ जना, सप्तरीमा २ जना, सर्लाहीमा ७ जना र सिरहामा १० जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा ७ सय ८३ जना, काभ्रेमा २४ जना, चितवनमा ८१ जना, दोलखामा १ जना, धादिङमा ५ जना, नुवाकोटमा ५ जना, मकवानपुरमा ६ जना, रामेछापमा २ जना, भक्तपुरमा १ सय १६ जना, ललितपुरमा १ सय १८ जना र सिन्धुपाल्चोकमा ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा २ जना, तनँहुमा २ जना, गोरखामा २० लजना, नवलपरासी पूर्वमा १३ जना, लमजुङमा १ जना, वागलुङमा १ जना र स्याङजामा ५ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को कपिलवस्तुमा २ जना, गुल्मीमा २ जना, दाङमा ३४ जना, नवलपरासीमा ९ जना, पाल्पामा ४ जना, प्युठानमा ६ जना, बर्दियामा १ जना, बाँकेमा ३४ जना, रोल्पामा १ जना र रुपन्देहीमा ९६ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा १० जना, दैलेखमा ७ जना, रुकुम पश्चिममा ४ जना, र सुर्खेतमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ४ जना, कैलालीमा २० जना, डडेल्धुरा, डोटी, बझाङमा १÷१ जना र बैतडीमा ५ जनामा संक्रमण देखिएको छ ।

LIVE TV