२० आश्विन २०७७, मंगलवार

काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ७ सय ८३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १८ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १६ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३१ हजार ९ सय ३९ पुगेको छ । यसमध्ये काठमाडौंमा २५ हजार ४ सय २१, ललितपुरमा ३ हजार १ सय ४० जना र भक्तपुरमा २ हजार ७ सय ९ जना संक्रमित छन् ।

LIVE TV