२० आश्विन २०७७, मंगलवार

काठमाडौं, २० असोज । तीन महिनापछि खुलेको तातोपानी नाका पुन बन्द भएको छ । भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले चीनले एकतर्फी रूपमा आयात बन्द गरेको हो ।

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले आयात बन्द गरिएको बताइएको छ ।

File Photo

१३ असोजमा नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने सर्तमा नाका खुलाउने सहमति भएको थियो ।

कोरोना संक्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैं अघि काठमाडौं पु¥याउने योजनामुताबिक दुवै देशको सहमतिमा नाका खुलेको थियो ।

नजिकिँदो दशैं प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सिडिओ ढकालले बताउनुभयो । हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् ।

LIVE TV