२० आश्विन २०७७, मंगलवार
  • मनिराज पाण्डे

कालिकोट, २० असोज । जिल्ला प्रशासन कार्यालय कालिकोटले दशैँ नजिकीदै गर्दा बजार अनुगमन लाइ तिब्रता दिएको छ । बिहिबार जिल्ला सरदुकाम मान्म बजारमा खाँडाचक्र नगरपालिका, उद्योग बाणिज्य संघ कालिकोट, नेपाल प्रहरी, पत्रकार र कर्मचारीको संयुक्र टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केहि पसलले मुल्य सूची नराखेको, पसल दर्ता नगरको, पसल दर्तामा उल्लेख भएको भन्दा फरक सामान राखिएको सहायक प्रमुख जिल्ला अधिकारी युवाराज गुरागाँईले बताउनु भयो ।

बजारका केहि पसलमा रहेका च्युरा तथा भुजाहरुको उपभोग्य अवधि समाप्त भएको पाइएकाले जिल्ला प्रशासन कार्यालयले उक्त बस्तु नियन्त्रणमा लिएको छ ।

कानूनी दायरामा नआएका तथा दर्ता नभएका पसलहरु सम्बन्धित निकायमा दर्ता गरी नगरपालिकामा सूचिकृत हुन खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय खड्क प्रसाद उपाध्यायले अनुरोध गर्नु भयो ।

गाउँमा रहेका पसलहरुको पनि अनुगमन गरिनु पर्ने स्थानीय नागरिकहरुले आवाज उठाउदै आएका छन् । चाडवाडका बेला अखाद्य बस्तुको प्रयोगले हुन सक्ने सम्भावित जोखिम कम गर्न प्रशासनले अनुगमन कार्यलाइ तिब्रता दिएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।

LIVE TV