१९ आश्विन २०७७, सोमबार

ललितपुर, १९ असोज । वडा दसैंको अवसरमा पाटन दरबार क्षेत्रमा मनाइने पाँयो (खड्ग) जात्रा यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने भएको छ ।सोमबार बसेको बैठकले कोरोना महामारी रोकथाम गर्न सरकारले गरेको निर्णयलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालको संयोजकत्वमा बसेको बैठकको निर्णय अनुसार भीडभाड हुने सांस्कृतिक गतिविधिहरु नहुने भएको छ ।

पहिले जस्तो दरबारमा विजया दशमीको दिनमा हुने सांस्कृतिक बाजागाजासहितको उत्सव, ठेचोको नवदुर्गा नाच, घटस्थापनादेखि सुरु हुने पाटन नकबहिल टोलबाट निस्कने अष्टमाष्ट्रिका नाचहरु यस वर्ष गर्न नदिइने भएको छ ।

 

LIVE TV