१९ आश्विन २०७७, सोमबार

काठमाडौं, १९ असोज । चक्लेटलगायतका खाद्यवस्तुको मिती सकिएको बिक्री प्रकरणमा विशाल ग्रुपले एकपछि अर्को झुटको खेती गर्दै आएको पाइएकाे छ ।

करिब एक अर्ब रूपैयाँका वस्तु उपभोग्य मिति सच्याई बिक्रीवितरण गर्न लागेकोमा अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेपछि विशाल ग्रुपको धन्दा बाहिर आएको हो । आईएन डिस्ट्रिव्यूटर्सबाट म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्दै बजार पठाउने सामग्री विहीबार प्रहरीले बरामद गरेको थियो ।

उक्त साम्रगी बरामद गरेपछि विशाल ग्रुपले शनिबार प्रेस वक्तव्यमा जारी गरी आईएन डिस्टिब्युटर्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको थियाे । आईएन डिस्ट्रिब्युटर्सका बारेमा भने केही बोलेको छैन । डिस्ट्रिब्युटर्सको बारेमा केही नबोले पनि विशाल ग्रुप उसँगै संलग्ता भएकाे पुष्टि भएकाे छ ।

केयर डिस्ट्रिब्युटर्सले विशाल ग्रुपको ब्रिटानिया बिस्कुट्स, स्निकर्स, ट्याङ, प्रिन्जल्स, ट्विक्स, मार्सजस्ता चकलेटको वितरणको काम गर्दै आएको छ । अपराध महाशाखाका अनुसार आईएन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको खुलेको छ ।

विशाल ग्रुपले संलग्नता छैन भनी गरेको दाबी हुने आधार उसकै वेबसाइटमार्फत प्रस्ट देखिन्छ । फेसबुकमा पनि आईएन डिस्ट्रिब्युटर प्रालिलाई विशाल ग्रुपको अंग भनिएको छ । सन् २०१२ को जुलाई २७ देखि सञ्चालित यस फेसबुक पेजमा प्रस्तुत विवरणले आईएन डिस्ट्रिब्युटर्स विशाल ग्रुपसँग आबद्ध रहेको प्रमाणित हुन्छ ।

आईएन डिस्ट्रिब्युटर प्रालिलाई विशाल ग्रुपको अंग हाे भन्ने रोनक बोथ्राकाे फेसबुकले पनि प्रमाणित गर्छ । यो रोनक बोथ्राको फेसबुक प्रोफाइलको स्क्रीन सट हेर्नुहाेस् ।

मनोज शाहको लिङ्क्ड इन प्रोफाइलमा लाइफ केयर डिस्ट्रिब्युटर विशाल ग्रुप हो भनेर प्रस्ट लेखिएको छ । त्यसैले लाइफ केयर डिस्ट्रिब्युटर, एमेजन डिस्ट्रिब्युटर सबै विशाल ग्रुपकै अंग भएको प्रमाणित हुन्छ । याे स्क्रीन सट पनि हेर्नुहाेस्-

 

मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने यस प्रकारको वस्तु उत्पादन तथा वितरण गर्नेलाई कालोबजारी ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । तर वाणिज्य विभागले भने मिति नाघेको खाद्य वस्तुलाई रि–लेबलिङ गर्दागर्दै रंगेहातपक्राउ परेकामध्ये एक जनालाई मात्र हिरासतमा राखेर सात जनालाई तारेखमा रिहा गरेको छ ।

सम्बन्धित समाचार

विशाल ग्रुपको निकृष्ट धन्दा, बजारमा अखाद्य बस्तु पठाएर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड

म्याद गुज्रिएको खाद्य सामग्रीमा नयाँ लेबल लगाउने खेलमा विशाल ग्रुप

 

LIVE TV