१८ आश्विन २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, १८ असोज । प्रदेश १ सरकारले विराटनगरमा रहेको विराटनगर विमानस्थललाई स्तर उन्नतिको लागि समझदारी पत्रमा हस्ताक्षर गर्न बन पर्यटन उद्योग मन्त्रालय सचिवलाई अनुमति प्रदान गरिएको छ ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष ०७७ /०७८ को लागि प्रदेश लोकसेवा आयोग तथा योजना आयोगका अस्थाई दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

प्रदेश लोकसेवा आयोगको आर्थिक बर्ष ०७६ /०७७ को बार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सो बैठकले प्रदेश प्रशिक्षण केन्द्र संचालन र व्यवस्थापन नियमावली २०७७ लाई स्वीकृति गर्ने निणय गरेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको व्यावसायीक तथा विकास तालिम केन्द्र झापा र ओखलढुङगामा अस्थाई दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

 

 

LIVE TV