१८ आश्विन २०७७, आईतवार
  • बाल बिक्रम कार्की,

रौतहट, १८ असोज । चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा ‘जेसिस सप्ताह–२०२०’ सम्पन्न भएको छ । आइतबार चन्द्रपुर–५ स्थित होटल एएन प्लाजाको सभाहलमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै सप्ताह समापन गरिएको हो ।

नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्ष शोभा खरेलले जेसिसले सदैब समाजमा सकारात्मक परिवर्तनको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताइन् । युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउन जेसिसको भूमिका उल्लेखनीय उनले बताइन् ।

चन्द्रनिगाहपुर सिटी जेसिसले द्धन्द्ध पीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण, अनाथ बालबालिकालाई खाद्यान्न वितरण, अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण, साहित्य कार्यक्रम र स्लो बाइक रेसलगायत कार्यक्रमहरु गर्दै आएको कार्यक्रमका संयोजक लोकेन्द्र खड्काले जानकारी दिए ।

संस्थाका अध्यक्ष दिलिप सापकोटाले चन्द्रनिगाहपुर सिटी जेसिसले स्थापना कालदेखिनै सक्रिय रुपमा सामाजिक कार्यहरु गर्दै आइरहेको स्मरण गराउँदै आगामी दिनहरुमा पनि समाजको लागि फलदायी हुने कार्यहरु गरिरहने प्रतिवद्धता जनाए ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही, चन्द्रनिगाहपुर सिटी जेसिसका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, पूर्व अध्यक्षहरु मधुसुदन धिताल, अनन्त अधिकारी, निर्मल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

LIVE TV