
- शिव डुम्रे
बुटवल, १८ असोज । राजधानी सार्ने प्रस्ताव लिएर काठमाडौं पुगेर फर्कदै गर्नुभएका मुख्यमन्त्री शंकर पोखरेलमाथि आक्रमण भएको छ । आज कडा सुरक्षाकाबीच बुटवल आउँदै गर्दा सवार गाडीलाई लक्षित गरी आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् ।
भैरहवा गौतमबुद्द बिमानस्थलबाट आउदै गर्दा उहाँलाई बुटवलको मिलनचोक नजिकै आक्रमण भएको हो । बुटवलको मिलनचोकबाट कांग्रेसका युवानेताहरुलाइ प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको स्कटीङका बेला गाडीमा ढुंगा प्रहार गरेको भन्दै उनीहरुलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा युवानेताहरु बिष्णु पोखरेल, मुक्तीराज पौडेल, छाँया पोखरेल लगायत रहेका छन् । बुटवलबाट प्रदेश ५ को राजधानी दाङ देउखुरी सार्ने प्रस्तावसंगै चारदिनदेखि आन्दोलन चलिरहेको छ।