१८ आश्विन २०७७, आईतवार

काठमाडौं, १८ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ जना २९ निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३ सय २९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६४ हजार ६९ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ७ प्रतिशत हो ।

File Photo

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २२ हजार २ सय १९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २ सय ३ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ८ सय ९३ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV