१८ आश्विन २०७७, आईतवार

काठमाडौं, १८ असोज । मुलुकमा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार २ सय ५३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा २ जना, खोटाङमा ३ जना, झापामा १६ जना, भोजपुरमा १ जना, मोरङमा ८१ जना, संखुवासभामा १ जना र सुनसरीमा ८ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ९ जना, पर्सामा ८ जना, बारामा ७ जना, महोत्तरीमा १ जना, महोत्तरीमा १ जना, रौतहटमा ५ जना, सप्तरीमा ३ जना, सर्लाहीमा ६ जना र सिरहामा ७ जनामा भाइरस पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १ हजार ३ सय ७३ जना, काभ्रेमा १० जना, चितवनमा ५२ जना, दोलखामा २ जना, धादिङमा ८ जना, नुवाकोटमा ३९ जना, मकवानपुरमा २२ जना, रसुवामा २ जना, रामेछापमा २ जना, ललितपुरमा १ सय ८७ जना र सिन्धुपाल्चोकमा ८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ४ जना, तनँहुमा १९ जना, नवलपरासी पूर्वमा ४० जना, लमजुङमा ७ जना, वागलुङमा ३ जना र स्याङजामा ४ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को कपिलवस्तुमा ४ जना, गुल्मीमा ४ जना, दाङमा ९ जना, नवलपरासीमा १ जना, पाल्पामा १५ जना, प्युठानमा ५ जना, बर्दियामा १३ जना, बाँकेमा ५० जना र रुपन्देहीमा ५२ जनामा संक्रमण देखिएको छ ।

यता, कर्णाली प्रदेशको कालिकोटमा १ जना, दैलेखमा ८ जना, रुकुम पश्चिममा २ जना, सल्यानमा २ जना र सुर्खेतमा ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २१ जना, कैलालीमा ५५ जना, डडेल्धुरामा १ जना, बझाङमा र बैतडीमा १/१ जनामा जनामा संक्रमण देखिएको छ ।

LIVE TV