१८ आश्विन २०७७, आईतवार

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ ।

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतमा कोरोना देखिएको हो ।

कांग्रेसले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो। अब केन्द्रीय समिति बैठक पनि अन्यौलमा परेको छ।

LIVE TV