१८ आश्विन २०७७, आईतवार

एजेन्सी, १८ असाेज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले भियारियलसँग गोल रहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले गोल रहित बराबरी खेल्दै एक–एक अंक बाँडेको हो । एट्लेटिकोले भियारियलको पोस्टमा सट प्रहार गर्दा पनि गोलमा भने परिणत गर्न सकेन ।

यता पाँच उत्कृष्ट सट प्रहार गरेको भियारियलले पनि गोल गर्न सकेन । अजाको खेलमा एट्लेटिकोले प्रभाव जमाए पनि जित भने निकाल्न सकेन । लिगमा तेस्रो खेल खेलेको एट्लेटिकोले एक मात्र जित निकालेको छ ।

एट्लेटिकोले तीन खेल खेल्दै ५ अंक जोडेको छ । यता पाँच खेल खेलेको भियारियलको ५ खेलबाट ८ अंक छ । भिया रियल शीर्ष स्थानमा उक्लेको छ ।

LIVE TV