१७ आश्विन २०७७, शनिबार
  • घनश्याम मिश्र,

धनुषा, १७ असोज । धनुषामा सालोलाई करणी गरी हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गरेको आरोपमा सबैला नगरपालिका वडा नम्बर ७ मठिहनका २२ वर्षीय भिनाजु राम बहादुर सदालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार गत विहीबार दिउँसो करिब १२ बजेदेखि हराएका रुपेश सदाको खोजी गर्दा शुक्रबार दिउँसो किशानपुरस्थित कृषी ईट्टा उद्योग परिसरभित्रको पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्थामा शव फेला परेको थियो ।

घटना पश्चात ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले मृतकको शवको मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानबाट उक्त घटनामा २२ वर्षीय भिनाजु संलग्न रहेको खुलेकाले नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता मिश्रले बताए ।

प्रारम्भिक अनुसन्धानबाट भिनाजु रामबहादुर सदाले नातामा सालो पर्ने रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाएर सँगै साथमा माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन करणी गर्दा बालक बेहोस् भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसेर हत्य गरेको खुलेको प्रवक्ता मिश्रले बताए ।

रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

LIVE TV