१७ आश्विन २०७७, शनिबार

काठमाडौं, १७ असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । आज सुसनरी, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, चितवन र कैलालीमा गरी ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ सय २८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार मृत्यु भक्तपुरमध्यपुर थिमि–१ लोकहन्थलीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको शनिबार बिहान पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

File Photo

त्यस्तै झापाको दमक नगरपालिका–७ कि एक वृद्धा महिलाको पनि कोरोनाबाट आज बिहान मृत्यु भएको छ । केही दिनअघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

त्यस्तै चितवनमा पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको इनरुवा नगरपालिका–४ कि २८ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।

उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

LIVE TV