१७ आश्विन २०७७, शनिबार

काठमाडौं, १७ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ४४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६२ हजार ७ सय ४० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७४ दशमलव १ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २१ हजार ३ सय २ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २ सय ७३ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ५ सय २९ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख ६१ हजार ६ सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV