१६ आश्विन २०७७, शुक्रबार
  • बाल बिक्रम कार्की

रौतहट, १६ असोज । रौतहट जिल्लामा हत्याका श्रृखला जारी रहेको छ । शुक्रबार जिल्लाको बृन्दावन नगरपालिका वडा नम्बर ४ हरैया पल्टुवामा घाँस काटन गएकी अन्दाजी १४ वर्षिय बालिकाको शव फेला परेको छ ।

जिल्लाको गढीमाई नगरपालिका वडा नं. १ बस्ने सिताराम साह कानुकी छोरी सन्जा कुमारी साहको शव उँखु बारीमा फेला परेको हो। जिल्लाकै गढीमाई नगरपालिका वडा नम्बर १ घरभई हाल सो स्थानमा मामा घर बस्दै आएकी उनको शंकाष्पद अवस्थामा शव फेला परेको हो ।

आज बिहान १० बजे घाँस काटन गएकी साँझसम्म नफर्केपछि उनकाे खोजी गर्दै जाँदा मृत अवस्थामा साँझ ७ बजेतिर नजिकैको उँखुबारीमा फेला परेको स्थानीयले जनाएका छन् ।

मृतक बालिकाको घाटी मुखमा कुनै हत्याको लक्षण नदेखिएको तर मृत्यु भने शंकाष्पद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धी बिक्रम शाहले बताउनुभयो ।

मृतक बालिकाको मृत्यु अस्वाभाविक देखिए पनि मृत्युको कारण के हो भन्ने अहिलेसम्म खुलेको थप जानकारी भोलि बिहान मात्र खुल्ने उहाँले बताउनुभयो । हाल प्रहरीले घटनास्थल सुरक्षित राखिरहेको र घटनाको बारेमा थप अनुसन्धान गरिरहेको शाहले बताउनुभयो ।

जिल्लामा एकपछि अर्को हत्याको श्रृखला बढ्दै गएपछि जिल्लाका स्थानीयवासीले जिल्लाको शान्ति सुरक्षामाथिनै प्रश्न गर्न थालेका छन् ।

LIVE TV