१६ आश्विन २०७७, शुक्रबार
  • शिव डुम्रे,

बुटवल, १६ असोज । तीन वर्षसम्म नाम र राजधानी टुंगो लगाउन नसकेको प्रदेश पाँचमा शुक्रबारबाट पुनः नाम र राजधानीको बहस चुलिएको छ ।

कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने सहमति गरेपछि बहस छेडिएको हो । प्रदेश पाँच कांग्रेसले चर्को विरोध जनाएको छ ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा रहेको प्रदेशसभा परिसरमा शुक्रबार अलि फरक दृश्य देखियो । व्यापक प्रहरी परिचालन गरिएको थियो भने प्रदेशसभा सदस्यहरु निकै व्यस्ततामा देखिन्थे ।

नेकपा अध्यक्षद्वयको निर्देशनसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले प्रदेश र राजधानीको नाम प्रस्ताव गरे । लामो समयपछि सुरु भएको सदनमा मुखमा माक्स लगाएर आएका सासदहरुले मास्क खोल्दै टेबल ठटाउन थाले ।

यता प्रदेश सभामा प्रस्ताव पेश भएसगै विपक्षी तथा प्रतिपक्षी दलका नेताहरू विरोध गरेका छन् । प्रस्ताव टेबुल भएसगै रुपन्देहीस्थित नेपाली काङ्ग्रेस र उस्का भातृ संगठनहरुले आन्दोलन छेडेका छन् ।

रुपन्देहीमा राजधानी गराउने आशासगै कतिपय सरकारी कार्यालय त कतिपय विद्यालयका र व्यबसायिक प्रतिष्ठानका कार्यालयहरुमा मन्त्रालय र मातहतका कार्यालयहरु चलाईरहेको थियो ।

राजधानी र नाम टुङ्गो लगाउन भन्दै प्रदेश सभाले करोडौं खर्च गरेपनि अहिले यस्तो महामारीको बेला चोर बाटोबाट प्रस्ताव ल्याएको भन्दै विपक्षी दलहरुले बिरोध गरिरहेका छ्न ।

LIVE TV