१६ आश्विन २०७७, शुक्रबार

काठमाडौं, १६ असोज । तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो ९डब्लुटी० ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्ने छ ।

लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए ।

त्यस्तै २०१९ मै अस्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई डब्लुटीबाट प्राप्त प्रमाण पत्र शुक्रबार हस्तान्तरण गरे । लामा पुम्से विधामा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने नेपाली रेफ्री हुन् ।

LIVE TV