१६ आश्विन २०७७, शुक्रबार

एजेन्सी, १६ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन् । ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका हुन् ।

राष्ट्रपति ट्रम्पसँगै फर्स्ट लेडी मेलानिया ट्रम्प पनि क्वारेन्टिनमा बसेकी सीएनएनले जनाएको छ । आफूहरुले कोभिडको परीक्षण गराइ नतिजा कुरिरहेको राष्ट्रपति ट्रम्पले ट्विटर मार्फत जानकारी दिएका छन् ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । भयानक ! फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं !’

 

 

LIVE TV