१६ आश्विन २०७७, शुक्रबार

एजेन्सी, १६ असाेज । ह्यारी केनको ह्‍याट्रिकको मद्दतले इंग्लिस क्लब टोटनहमले इजरायली क्लब माराबी हाइफामाथि शानदार जित निकालेकाे छ । बिहीबार राति भएको युरोपा लिग छनोटको प्ले अफमा टोटहमले माराबीलाई ७-२ गाेल अन्तरले पराजित गरेकाे हाे ।

शानदार जितसँगै टोटमहम युरोपा लिगमा छनोट भएको छ । खेलको दोस्रो मिनेटमै केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा इजरायली क्लबका टार्जन चरीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । २०औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटनमहलाई २-१ को अग्रता दिलाए ।

३६औं मिनेटमा जियोवानी लो सेलोले गोल गरे । उनले त्यसको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई पहिलो हाफमा ४-१ को अग्रता दिलाए ।

५२औं मिनेटमा निकिता रुक्यवत्सयाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ५६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई ५-२ को अग्रता दिलाए । ७४औं मिनेटमा केनले ह्‍याट्रिक पूरा गरे । खेलको इन्जुरी समयमा डेले अलीले गोल गर्दै टोटनहमलाई ७-२ को फराकिलो जित दिलाएका हुन् ।

LIVE TV