१६ आश्विन २०७७, शुक्रबार

काठमाडौँ, १६ असोज ।  अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा वुवा आमा नेपालले काठमाडौँको नयाँबसपार्कस्थित हिमालय वृद्धाश्रममा केक काटेर मनाएको छ ।

वुवा आमा नेपाल काठमाडौँले नयाँ वसपार्कस्थित हिमालयन वृद्धाश्रमका ३४ जना जेष्ठ नागरिकहरुलाई केक साथै खाना खुवाई , मास्क समेत वितरण गरी ज्येष्ठ नागरिक दिवस मनाएका हुन् ।

सेवा नै धर्म हो जहिले पनि वृद्धाहरुको सेवामा समर्पित वुवा आमा नेपालका अध्यक्ष महेश्वरमान सिंह वस्नेत, सदस्यहरु राजाराम फुयल, हरेराम लामिछाने, अनुज श्रेष्ठ आश्रममै पुगेर केक काटि दिवस मनाएका हुन् ।

हिमालयन वृद्धाश्रममा जम्मा ३४ जना वृद्धाहरु रहेका छन् ।दिवशको अवसरमा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष महेश्वरमान सिंह वस्नेतले जेष्ठ नागरिकहरुको सहभागिता बिना बनाइएका ऐन नियम कार्यान्वयन समेत हुन नसकेको बताउनुभयो ।

विश्वभरी नै कोभिड १९ कोरोना भाइरसले अन्तर्राष्ट्रिय जगतमै वृद्धवृद्धाहरु प्रत्यक्ष मारमा परेको हुँदा नेपालमा अझ धेरै असर परेको कारण निःशूल्क औषधिको उपलब्धता लगायतका बारेमा ३ ओटै तहका सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।

संस्थाका सदस्य राजाराम फुयालले देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु–स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै वृद्धवृद्धाका लागि आफु सदैव हर दुःख सुःखमा साथ दिदै आएको र दिइरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान समेत गर्नुभएको छ ।

LIVE TV