१६ आश्विन २०७७, शुक्रबार
  • मनिराज पाण्डे

कालिकोट, १६ असाेज । बन्दाबन्दी खुकुल्लो भएपछि कालिकोटमा पुनः संक्रमित थपिएका छन् । स्वास्थ्य सेवा कार्यालय कालिकोट निकालेको प्रेस बिज्ञप्ती अनुसार बिहिबार ९ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणबाट कालिकोटका ६ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित कालिकोटमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

दैलेखका १ जना, सुर्खेतका १ जना, जुम्लाका १ जना र कालिकोट तिलागुफा नगरपालिकाका १ जना,पलाँता गाउँपालिकाका १ जना र खाँडाचक्र नगरपालिकाका ४ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक कटक महतले बताउनुभयो ।

थपिएका ९ जना मध्य ७ जना कोभिट १९ बिषेश अस्पतालमा भर्ना भएका छन् भने २ जना सेभ आइसुलेसनमा बसेका छन् । कुल संक्रमित १ सय ९ जना मध्य १ सय जना डिस्चाज भइसकेका छन् ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टी भएको छ । स्वास्थ्य कर्मीमा कोरोना पुष्टी भएपछि कालिकोटमा आकास्मिक तथा प्रसुति सेवा बाहेक अन्य सबै सेवाहरु शुक्रबारदेखि अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको छ ।

LIVE TV