१६ आश्विन २०७७, शुक्रबार

एजेन्सी, १६ असाेज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टामाथि सहज जित निकालेकाे छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३–० गोल अन्तरले हराएको हो ।

सेल्टाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सु फाती र सर्जियो रोर्बेर्टाेले एक–एक गोल गरे । एक गोल बार्सिलोनाले आत्मघाती उपहार पाएको थियो ।

खेलको ११ औँ मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फाती ला लिगा इतिहाँसमा १८ वर्ष तलको उमेरमा १० गोल गर्ने खेलाडी बनेका छन् । उनी भन्दा पहिले राहुल गोन्जालेजले ९ गोल गरेका थिए ।

बार्सिलोनाले खेलको ४२ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । बार्सिलोनाका सेलमेन्ट लङलेट दोहोरो पहेलो कार्डसँगै रातो कार्ड खाँदा मैदान बाहिरिन पुगेका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले आत्मघाती गोलबाट अग्रता दोब्बर बनायो । सेल्टाका लुकास ओलाजले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–० गोलको अग्रता बनाउन सफल भएको थियो ।

खेलको इन्ज्यूरी समयमा बार्सिलोनाका लागि रोर्बेटोले गोल गर्दा बार्सिलोनाले ३–० गोलको जित निकाल्न सफल भयो । बार्सिलोनाले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । चार खेल खेलेको सेल्टाको पाँच अंक छ ।

LIVE TV