१६ आश्विन २०७७, शुक्रबार
  • रोशन दानी,

काठमाडौं, १६ असोज । महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्ग सुनारगाउबाट ठूलो परिमाणमा म्याद सकिएको स्नेकर, प्रिङ्गर्स, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको छ ।

आईएन डिस्ट्रिव्यूटर्सबाट म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्दै बजार पठाउने सामग्रीलाई विहीबार (हिजो) बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने तथा विशेष गरी बालबालिकाहरुले दैनिक खाने चकलेटनै म्याद नाघेपछि रि–लेबलिङ गरेको भेटिएपछि विशाल ग्रुपले खेलवाड गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामग्रीको मुचुल्का उठाएर सिल गरेको छ ।

आइएन डिस्ट्रिब्यूटर्सका सञ्चालक रौनक गोथ्रालाईलाई बाफल र पुस्पा देवी अग्रवाललाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको एसएसपी थापाले बताए ।

त्यस्तै आइएन डिस्ट्रिब्यूटर्सका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुरलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले सामग्रीसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ ।

 

LIVE TV