१५ आश्विन २०७७, बिहीबार

काठमाडौं, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीका कारण असमानताको जोखिमलाई झन बढाएको बताउनुभएको छ ।

महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उच्चस्तरीय बैठक आयोजनालाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले कोरोना महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताउनुभएको हो ।

File Photo

उहाँले भन्नुभएको छ, ‘बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तिकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको छ ।

बेइजिङ घोषणापत्रमा अन्तरनिहित सरोकारका १२ क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको भएपनि ती प्रतिबद्धताहरु पूर्ण रुपमा हासिल हुन अझै समय लाग्ने छ । समाजमा संरचनागत खाडल तथा चुनौतीहरु कायमै छन् ।

समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरूरी छन् ।’

त्यस्तै, उहाँले ‘दीगो विकास कार्यसूची २०३०’को कार्यान्वयन दशक एवं दीगो विकासको पाँचौं लक्ष्य प्राप्तिका लागि एक महत्वपूर्ण परीक्षण नै हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल मानव अधिकारसम्बन्धी प्रमुख दस्तावेजहरुको पक्ष राष्ट्र छ ।

हामीले लैङ्गकि मुद्दालाई राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा संविधान एवं कनूनमा नै व्यवस्थित गरेका छौं । लैङ्गकि हिंसा तथा विभेद अन्त्यका लागि लक्षित कार्यक्रम तथा कानूनको कार्यान्वयनलाई सुढृढ तुल्याएका छौं ।
भौगोलिक रुपम विकटतम् क्षेत्रमा रहेका प्रसव वेदनामा छटपटाएका गर्भवती र सुत्केरी महिलको जिवन रक्षाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ ।’

उहाँले थप्नुभयो, ‘विभेदका अवशेषहरू निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न हामी प्रतिबद्ध रहेका छौं । अन्त्यमा, लैङ्गिक समानता जीवन र जगतको निरन्तरताको लागि अपरिहार्य र महत्वपूर्ण अधिकार हो, भन्ने कुरामा म जोड दिन चाहन्छु ।’

 

LIVE TV