१५ आश्विन २०७७, बिहीबार

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ५ हजार पु-याउने बताउनुभएको छ ।

विहीबार (आज) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिक भत्ता ५ हजार पु-याउने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पु¥याइएको बताउँदै आफूले निर्वाचनअघि नै घोषणा गरेको र आफ्नै कार्यकालमा पाँच हजार पु-याउने बताउनुभयो ।

त्यस्तै उहाँले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएकाले समयअनुसार परिमार्जन गर्दै लगिने बताउनुभयो ।

जेष्ठ नागरिकको सुरक्षा, जीवनयापन सरल बनाउने विषयमा सरकारले काम गरिरहेको पनि उहाँले जिकिर गर्नुभयो ।

LIVE TV