१५ आश्विन २०७७, बिहीबार

काठमाडौं, १५ असोज । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलमा कोरोना संक्रमण देखिएको छ ।क्यानले ट्विटमार्फत् चन्द र प्याकुरेलको परीक्षण रिपोर्टमा कोरोना पोजटिभ आएको जानकारी दिएको छ । कोरोना संक्रमण देखिएपछि उनीहरू दुवै जना होम आइसोलेसनमा छन् । उनीहरुमा कोरोना पोजेटिभ भएको रिपोर्ट आज बिहीबार आएको हो ।

अहिले कोरोना संक्रमित दुवैको स्वास्थ अवस्था सामान्य छ। क्यानले उनीहरुको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा बस्न अपिल गरेको छ।

गत साता चितवनमा सम्पन्न बोर्ड बैठकमा सहभागी भएका थिए । काठमाडौं फर्किएपछि उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

LIVE TV