१५ आश्विन २०७७, बिहीबार
  • सुरेश श्रेष्ठ

दाङ, १५ असोज । तुलसीपुरमा तेश्रो तरुण कप फुटसल प्रतियोगिता सुरु भएको छ । नेपाल तरुण दल तुलसीपुर ५ को आयोजनामा बिहीबारदेखि तुलसीपुरमा तरुण कप फुटसल प्रतियोगी सुरु भएको हो ।तुलसीपुर ५ का तरुण दल अध्यक्ष सुनिल डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नंं ३ का सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यमा बिहीबारदेखि शुरु भएको फुटसल प्रतियोगिता शनिवारसम्म चल्ने छ ।प्रतियोगितामा प्रथम हुनेलाई खशी तथा अन्यलाई कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डाँगीले जानकारी दिएका छन् । तरुण दल तुलसीपुर ५ ले प्रत्यक बर्ष तरुण कप फुटबल प्रतियोगिता गर्दै आएको छ ।

LIVE TV