१५ आश्विन २०७७, बिहीबार

एजेन्सी, १५ असाेज । ला लिगा च्याम्पियन रियल म्याड्रिडले भालाडोलिडमाथि कठिन जित निकालेकाे छ । गएराति भएकाे खेलमा रियल म्याड्रिडले भालाडोलिडलाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

रियललाई कठिन जित दिलाउनकाे लागि भिनिसियस जुनियर गाेल गरे । उनले ६५ औं मिनेटमा गरेकाे गाेल नै निर्णय बन्याे । हुलमुलमा आफैले विपक्षी खेलाडीबाट खोसेको बललाई फेडरिकोले प्रहार गर्न खोज्दा विपक्षी खेलाडीबाट आएको पासमा उनले गाेल गरेका थिए ।

जितसँगै अपराजित रहेको रियलको ३ खेलबाट ७ अंक पुगेको छ । समान ७ अंक रहेपनि गेटाफे र भ्यालेन्सिया गोलअन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । भिल्लारियल गोल अन्तमार चौथो स्थानमा छ । पराजित भालाडोलिड २ अंकसहित १८औं स्थानमा छ ।

LIVE TV