प्रधानसेनापति थापाको पिसिआर परीक्षणको नतिजा नेगेटिभ



प्रकाशित मिति : Sep 30, 2020

काठमाडौं, १४ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ ।प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको थियो ।

स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बस्नुभएका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com