६ जना नक्कली प्रहरीसहित २१ जना परीक्षार्थी पर्सा प्रहरीको नियन्त्रणमा



प्रकाशित मिति : Sep 30, 2020
  • इरफान अली,

वीरगञ्ज, १४ असोज । पर्सा प्रहरीले ६ जना नक्कली प्रहरीसहित २१ जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जमा नक्कली प्रहरीले राष्ट्रिय अनुसन्धानमा जागिर दिनका लागि परीक्षा लिइरहेको छ, भन्ने सूचनाका आधारमा पर्सा प्रहरीले ६ जना नक्कली प्रहरी, ५ जना परीक्षा लिने शिक्षकसहित २१ जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीले उनीहरुलाई जिल्ला प्रसाशन कार्यालयमा राखेको जनाएको छ । पर्सा प्रहरीका नायब प्रहरी उपरीक्षक मनोजित कुवरले भोलि पत्रकार सम्मलेन गरेर मात्र सार्वजनिक गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com