अनसनरत डा.केसीको समर्थनमा सडक नाटक मञ्चन (तस्वीर)



प्रकाशित मिति : Sep 30, 2020
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४,

काठमाडौं, १४ असोज । विभिन्न माग राख्दै १९ औं अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा सडक नाटक मञ्चन गरिएको छ ।

बुधबार (आज) शिल्पी थिएटरका कलाकारहरूले डा.केसीको समर्थनमा ललितपुरको पाटन दरबार स्क्वायरमा सडक नाटक प्रस्तुत गरेका हुन् ।

कलकारहरुले उक्त नाटकमार्फत् डा.केसीले विगतका सम्झौताहरु कार्यान्वयनलगायतका माग राख्दै आफ्नो ज्यान जोखिममा राखेर पटक–पटक अनशन बसेपनि कुनै सुनुवाई नभएको भावलाई प्रस्तुत गरेका थिए ।

केही दिन अगाडि मात्रै डा.केसीले भिडियो सन्देशमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सामान्य मागलाई पूरा गरिदिन अपील समेत गरेका थिए । अहिले उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा अनसनरत छन् ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com