निर्मला र सम्झनाको सम्झनामा दीप प्रज्ज्वलन : ‘सरकार भेटियो न्याय भेटिएन’ (तस्वीर)



प्रकाशित मिति : Sep 30, 2020
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४,

काठमाडौं, १४ असोज । बलात्कारपछि हत्या गरिएका दुई किशोरीको सम्झनामा बुधबार (आज) काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ ।

अनेरास्ववियूले आज साँझ कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र बझाङकी १२ वर्षीया सम्झनाको सम्झनामा दीप प्रज्ज्वलन गरेको हो ।

‘सरकार भेटियो न्याय भेटिएन’, ‘जस्टिस फर अल भिक्टिम्स’, ‘जस्टिस डिलेड इज जस्टिज डिनाइड’लगायतका प्लेकार्डसहित दीप प्रज्ज्वलन गरिएको हो ।

यही असोज ७ गते बझाङकी १२ वर्षीया सम्झनाको बलात्कारपछि मन्दिर परिसरमा शव भेटिएको थियो । त्यस्तै, २०७५ साउनमा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि उखुबारीमा शव भेटिएको थियो ।

प्रहरीले लामो समय भइसक्दा पनि निर्मला पन्तको हत्यामा संलग्न कोही पनि नियन्त्रणमा लिएको छ । तर, सम्झनाको हत्यामा संलग्न एक जना भने प्रहरी नियन्त्रणमा परेका छन् ।

   


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com