१४ आश्विन २०७७, बुधबार

काठमाडौं, १४ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५६ हजार ४ सय २८ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ दशमलव ५ प्रतिशत हो ।

File Photo

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २० हजार ८ सय ९१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय २८ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ८ सय ४ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २ सय ५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV